आज संसद बैठक बस्दै, एमसीसीमाथि होला छलफल ?
मेरोन्यूज
२०७८ फागुन १३ गते ७:३३

काठमाडौँ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएसँगै आज बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफलका लागि आज बैठक बोलाइएको हो ।
एमसीसी सम्झौताबारे छलफल सहमति नहुने भएपछि प्रधानमन्त्रीले बिहीबारको बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।
बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो । तर, अन्तिम समयमा बैठक आजलाई सारिएको हो ।
एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । सत्तामा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीविरुद्ध छन् ।
सम्बन्धित












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया