माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।
प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गर्दै लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बनाएको हो । माओवादी केन्द्रको विधानअनुसार अहिले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ ।
माओवादी केन्द्र प्रदेश समितिको बैठकले जिल्ला नेतृत्वसहित नुवाकोटमा रहेको दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्रमा इञ्चार्ज, संयोजक र सचिव तथा जिल्लाको बाह्रवटै पालिकामा इन्चार्ज तोकिएको छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया