माओवादी केन्द्रको बैठक बस्दै, एमसीसी र सरकारबाट हट्नेबारे छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न माओवादीको बैठक बस्न लागेको हो । आजको बैठकले एमसीसीका साथै सरकारमा रहने वा नरहने भन्ने विषयमा समेत टुंगो लगाउने एक नेताले जानकारी दिए ।
सरकारले बिहीबार संसदमा एमसीसीमाथि छलफल गर्ने भने पनि एक्कासी स्थगित गरिएको थियो । संसद स्थगित भएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीबीच भेट वार्ता भएको थियो ।
दुई नेताको भेट सकिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू र ओलीबीच वार्ता भएको थियो ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी संसदबाट पास गर्न नहुने पक्षमा छ । यस्तै प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने एमालेले आफ्नो माग पूरा भए सरकारलाई साथ दिन बताउँदै आएको छ ।











थारु संस्कृतिमा रङ भर्दै सोमिना
बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया