एमालेको माग पूरा गर्नेबारे कांग्रेसको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्नेबारे छलफल थालेको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमालेको माग सम्बोधन गर्नेबारे छलफल गरेको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले जसरी भए पनि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गराउने भन्दै एमालेसँग साथ मागेका थिए । बिहीबार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक स्थगित गराएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई आफ्नो माग सम्बोधन गरे एमसीसी पास गराउन साथ दिने वचन दिएका थिए । ओलीको वचनसँगै प्रधानमन्त्री देउवाले आज बिहानै एमालेको माग सम्बोधन गर्न भन्दै छलफल थालेका हुन् ।
एमालेले विगत छ महिनादेखि प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । आफूहरूले कारबाही गरेको माधवकुमार नेपालसहित १४ सांसदलाई पदबाट बर्खास्त गर्नु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्न एमालेले माग राख्दै आएको छ ।
सोही विषयबारे छलफल गर्न प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदबाट एमसीसी पास गर्न नसक्ने अडान लिएसँगै कांग्रेसका नेताहरूले एमालेसँग सहकार्य गरी अगाडि जाने बताउँदै आएका थिए ।
यसैबीच, आजै सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रसहित दलहरू आफ्नो पार्टीको बैठकमा जुटेको छ । सोही क्रममा माअोवादीले एमसीसी र सरकार छाड्नेसम्मको विषयमा छलफल गर्ने भएको छ ।
यस्तै, सत्ता गठबान्धन दल जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्ने भएको छ । बैठकमा एमसीसीसहित आगामी निर्वाचनबारे छलफल गर्ने भएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया