एमसीसी अनुमोदन कसरी गर्ने भन्ने टुंगो आजको कार्यव्यवस्था परामर्श समितिको बैठकले लगाउँछ :कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् ।
एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले पास वा फेल जे भए पनि गर्नुपर्ने अवस्था रहेको भन्दै उनले कांग्रेसलाई जसले साथ दिन्छ त्यही दलसँग मिलेर अनुमोदन गर्ने उनको भनाइ छ ।
एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ, उहीसँग हाम्रो सहकार्य हुन्छ,’ डा.महतले भने ।
सत्ता साझेदार दलहरूले साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयास गरेको छ ।
यसैको प्रयासस्वरूप बिहिबारदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएका छन् ।
एमसीसी संसदमा कसरी अघि बढाउने भन्नेबारे आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्णय हुने नेता महतले जानकारी दिए ।
दलहरूबीच ध्वनि मत र मत विभाजनमध्ये कसरी अगाडि बढाउने भन्नेमा विवाद हुँदा हिजोको प्रतिनिधिसभा बैठक आजसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेस ध्वनि मतको आधारमा एमसीसीलाई सदनमा अघि बढाउन चाहन्छ भने माओवादी केन्द्रले मत विभाजन गर्नुपर्ने अडान राखेको छ ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया