प्रचण्ड-माधव पालैपालो देउवा भेट्न बालुवाटारमा
सिंहदरवारमा माधव नेपालसँग छोटो भेट गरेर प्रचण्ड प्रधानमन्त्री भेटन बालुवाटार पुगेका छन

काठमाडौं । एमसीसी सम्झौताले सत्ता गठबन्धन नै धर्मराउने प्रयास भएपछि गठबन्धनमै रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच पालैपालो प्रधानमन्त्रीसाग भेट गर्न वालुवाटार दौडाह शुरु भएको छ । विहान माधव नेपालले प्रधानमन्त्री भेटेका थिए । अहिले प्रचण्ड बालुवाटार पुगेका छन् ।
सिंहदरवारमा माधव र प्रचण्डका वीचमा छोटो सम्वाद भएपछि प्रचण्ड बालुवाटार लागेका हुन् ।
माधव नेपाल धनगढीको पार्टी कार्यक्रमा सहभागी हुन हिजो विहिवार पर्यटन मन्त्री प्रेम आलेसहित धनगढी पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टी कार्यक्रम छोटटाएर आजै काठमाडौं फर्केका थिए ।
नेपाललाई कार्यक्रम छोटाएर काठमाडौं फर्किन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विहानै टेलिफोन गरी आग्रह गरेका थिए । दुई नेतावीच प्रधानमन्त्रीको एमसीसी जसरी पनि पारित गर्ने हठभित्र रहेर कुनै न कुनै विकल्पमा छलफल गर्नुपर्ने देखिएको भन्दै यसमा गम्भिर छलफल आवश्यक देखिएको विश्लेषण भएको थियो ।
तयसपछि धनगढीवाट काठमाडौं फर्केका नेपालले एयरपोर्टबाट सिधै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग झण्डै एक घण्टा लामो समयसम्म संवाद गरेका थिए । प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेपछि आफना पार्टीका शीर्ष नेतासँग संसदीय दलको कार्यलयमा अध्यक्ष नेपालले भेट गरेका थिए । त्यो भेटघघाट सकेपछि प्रचण्ड र माधव नेपालका वीचमा भेटवार्ता भएकको थियो ।
भेट नेकपा एसको संसदीय दलको कार्यलयमा शुरु भएको छ ।
कांग्रेसले एमसीसी पारित गराउन जे पनि गर्ने र आवश्यक परे प्रतिपक्षी एमालेको माग समेत सम्वोधन गरेर जाने गरी तयारी गरेपछि एमाले कांग्रेस समिकरण बन्न नदिन माओवादी र एकीकृत समाजवादी लागेका छन् ।
त्यही आधारमा दुवै पार्टीका अध्यक्षले केपी ओलीसाग सम्झौता हतारिएर नगर्न आग्रह गर्न खोजेका छन् ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया