बानेश्वरको दृष्यः आन्दोलनकारी भन्दा सुरक्षाकर्मी बढी (फोटोफिचर)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सदाझैं शुक्रबार पनि एमसीसीविरुद्धमा प्रदर्शन भइरहेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी प्रस्ताव अनुमोदन गराउने तयारी भइरहँदा दिनहुँ सैयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

एमसीसीविरुद्धमा सत्तारुढ माओवादी केन्द्रका युवा, विद्यार्थी र मजदुर पनि सडक आन्दोलनमै छन् । दिनहुँ आन्दोलनको भार बढ्दै जाँदा संसद भवन परिसर आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
एमसीसीको विषय टुंगो नलागेकै कारण दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शनकारी बढ्ने क्रम रहे पनि शुक्रबार सडकमा प्रदर्शनकारी भन्दा बढी सुरक्षाकर्मी देखिएका छन् ।

शुक्रबार निर्धारित समय अगाडि नै वैठक स्थगित गरि आइतबारका लागि सारिएपछि प्रदर्शनकारीको चाप घटेको हो । आन्दोलनकारीको चाप कम भएकै कारण मध्यान्ह १२ बजे आसपासमा गाडी खुला छाडेपछि बबरमहल क्षेत्रमा ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको थियो ।
आज बानेश्वर क्षेत्रमा सानो संख्यामा प्रदर्शनकारी रहे पनि बानेश्वरदेखि माइतीघर सडक भने पूर्ण रुपमा अवरुद्ध छ ।






आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।
















बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया