मंगलबार, पुष २९, २०८२

गठबन्धन जोगाउन प्रचण्डको कसरत

मेरोन्यूज २०७८ फागुन १३ गते १८:२९

काठमाडौं । गठबन्धन तोडेरै भए पनि संसदमा पेश भएको एमसीसी प्रस्ताव पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन जोगाउने कसरतमा लागेका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट गरेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए ।

यस्तै, बालुवाटारमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा सहभागी थिए ।

कांग्रेस एमालेबीच संसदमा मिलेर जाने सहमति भए लगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट गर्न बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया