फेरि बालकोट पुगे देउवा
मेरोन्यूज
२०७८ फागुन १३ गते १९:१३

काठमाडौं । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शुक्रबार पुनः ओली निवास बालकोट पुगेका छन् ।
उनी पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् ।
दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ ।
एमसीसीलाई जसरी पनि संसद्बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।
सम्बन्धित












सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया