मंगलबार, माघ ६, २०८२

सुनसरीको कोशीमा लालपूर्जा वितरण

मेरोन्यूज २०७८ फागुन १३ गते १९:२७

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई शुक्रबार लालपूर्जा वितरण गरेकी छन् ।

मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको कोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँव्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् ।

मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् ।

उनले लालपूूर्जा नहुदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको उल्लेख गरिन् ।

हरुवाचरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडि बढाइसकेको मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया