कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते
मेरोन्यूज
२०७८ फागुन १३ गते २२:०५

जनकपुर । ।नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ ।
शुक्रबार जनकपुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर यादवले जानकारी दिए । यसअघि १५ गतेका लागि जिल्ला अधिवेशन केन्द्रले निर्धारण गरेका थिए ।
सांसदहरु एमसिसीको विषयमा १६ गते सदनमा हुने छलफलमा भाग लिन सहभागी हुन जानुपर्ने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमा प्रारम्भ हुने भएकोले जिल्ला अधिवेशन सारिएको कांग्रेस धनुषाका सचिव यादवले जानकारी दिए ।
निर्धारित नयाँ मिति अनुसार जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दाबी बिरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
सम्बन्धित















हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया