डायलासिस मेसिन चलाउन पहल
काठमाडौँ । ‘इलामका सहयोगीदाता’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ । मिर्गौलाको परीक्षणका लागि आवश्यक मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो ।
दक्ष जनशक्ति र आर्थिक अभावमा मेसिन सञ्चालनमा आउन सकेको छैन । संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष रतनलाल चौधरीले मेसिन चलाउन प्रतिमहिना पाँच हजार पाँच वर्षसम्म दिने घोषणा गरे ।
‘उपकरण भएर पनि प्रयोगमा नआउँदा धेरैले झन्झट खेप्नु परेको छ,’ उनले भने, ‘जसरी भए पनि जिल्लामा नै सेवा दिने पहलमा लागेका छौँ ।’ विसं २०७३ मा स्थापित सहयोगी हातले न्यून आयस्तर भएका २५० भन्दा धेरैलाई उपचार सहयोग पुर्याइसकेको छ ।
संस्थाको कोषमा ४५ लाखभन्दा बढी रकम जम्मा छ । यही कोषमा पछिल्लो पटक स्थानीय मनकुमारी उप्रेतीले ५० हजार सहयोग गरेकी थिइन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहले तत्काल एक जना स्वास्थ्यकर्मीलाई तालिमका लागि पपठाउने तयारी भइरहेको जनाए । यो मेसिन सञ्चालन गर्ने जनशक्ति भए जिल्लावासीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।
















कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया