मंगलबार, पुष २९, २०८२

कांग्रेस र एमालेको बैठक आज पनि बस्दै

मेरोन्यूज २०७८ फागुन १४ गते ९:१३

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल भएसँगै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि देउवा ओलीको साथ खोज्दै छन् ।

शुक्रबार साँझ दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पूरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको आरोप लगाउँदै एमालेले सभामुख हटाउन माग राख्दै आएको छ ।

प्रतिक्रिया