कांग्रेस र एमालेको बैठक आज पनि बस्दै
मेरोन्यूज
२०७८ फागुन १४ गते ९:१३

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल भएसँगै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि देउवा ओलीको साथ खोज्दै छन् ।
शुक्रबार साँझ दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पूरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको आरोप लगाउँदै एमालेले सभामुख हटाउन माग राख्दै आएको छ ।
सम्बन्धित
















एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया