प्रचण्ड र माधव नेपालसहित शीर्ष नेताहरूको बैठक जारी, एमसीसीबारे छलफल हुँदै

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ ।
छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन् । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएका छन् ।
भोलि आइतबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने भएको छ । यसै क्रममा सत्ता गठबन्धनमा फरक मत राख्दै आएको दलको शीर्ष नेताहरूबीच छलफल जुटेको हो ।
सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न अोली निवास बालकोट जानुअघि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो ।
सत्ता गठबन्धन दलहरूमा एमसीसीलाई लिएर चर्को विवाद र बहस हुँदै आएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरी एमसीसी पास गर्ने पक्षमा रहेको छ । तर, नेपाली कांग्रेस जुनसुकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा रहेको छ । यसका लागि कांग्रेसले एमालेसँग पूर्ण साथ माग्दै आएको छ ।
तर, एमालेले आफ्नो माग सम्बोधन नभएसम्म एमसीसी पास गर्न नसक्ने बताउँदै आएको छ । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कारबाही गरेको १४ जना सांसदलाई हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्नु पर्ने माग राख्दै आएको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया