१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : उपाध्यक्ष बादल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुरु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रीत गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देश र जनताका लागि राम्रो काम गरेकाले एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दाबी गरे । ‘एमालेले हटाएका १४ सांसदको सुचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ,’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’
एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाई छ । ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’
केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।
















युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया