एमसीसीमा साथ नदिने ओलीको संकेत
ओली भन्छन्– देश र जनताको हितभन्दा बाहिर एमाले जाँदैन
मेरोन्यूज
२०७८ फागुन १४ गते १७:१६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा नरहने संकेत गरेका छन् ।
प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिवार सम्बोधन गर्दै ओलीले एमाले जनताको पक्षमा रहने बताए।
उनले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने स्पष्ट गरे । देश र जनताको हितभन्दा बाहिर नजाने बताएका ओलीले एमसीसीको विपक्षमा हुने स्पष्ट बोलेनन् ।
आफूहरु संसद्को प्रक्रियामा सहभागी हुन नपाएको भन्दै ओलीले संसदमा सहभागी हुन नपाएपछि राय व्यक्त गर्ने ठाउँ नभएको बताए ।
नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उनको भनाइ थियो ।
सम्बन्धित















चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया