मंगलबार, माघ ६, २०८२

एमसीसीमा साथ नदिने ओलीको संकेत

ओली भन्छन्– देश र जनताको हितभन्दा बाहिर एमाले जाँदैन

मेरोन्यूज २०७८ फागुन १४ गते १७:१६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीका पक्षमा नरहने संकेत गरेका छन् ।

प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिवार सम्बोधन गर्दै ओलीले एमाले जनताको पक्षमा रहने बताए।

उनले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने स्पष्ट गरे । देश र जनताको हितभन्दा बाहिर नजाने बताएका ओलीले एमसीसीको विपक्षमा हुने स्पष्ट बोलेनन् ।

Advertisement
thakur moters insidethakur moters inside

आफूहरु संसद्को प्रक्रियामा सहभागी हुन नपाएको भन्दै ओलीले संसदमा सहभागी हुन नपाएपछि राय व्यक्त गर्ने ठाउँ नभएको बताए ।

नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उनको भनाइ थियो ।

प्रतिक्रिया