शनिबार, वैशाख २६, २०८३

कांग्रेस नेताहरु फेरि बालकोट पुगे

मेरोन्यूज २०७८ फागुन १४ गते १७:३१

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरु शनिवार पुनः बालकोट पुगेका छन् ।

Advertisement
NiccNicc

एमसीसीका बारेमा छलफल गर्न भन्दै सत्तारुढ नेपाली कांग्रेसका नेताहरु प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।

गत आइतबार संसदमा पेश भएको एमसीसी प्रस्ताव अनुमोदन गराउन सत्ता गठबन्धनका दलहरुले साथ नदिएपछि कांग्रेसले विपक्षी गठबन्धनको साथ खोजेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी)का १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान कायम राखेको छ । कांग्रेसले सत्ता गठबन्धन टुटाएर भए पनि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ ।

कांग्रेसले गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्न खोजेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु गठबन्धन कायम राख्न केही लचिलो बनेका छन् ।

प्रतिक्रिया