मंगलबार, पुष २९, २०८२

एमसीसीकाे अल्झन

बालकोटबाट निकास ननिस्किएपछि कांग्रेस नेताहरु फर्किए

मेरोन्यूज २०७८ फागुन १४ गते १९:२०

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमा समर्थन टुटाउन कस्किएका कांग्रेस नेताहरु बालकोटबाट निकास ननिस्किएपछि निरास भए फर्किएका छन् ।

बालुवाटार र बालकोटमा पटक पटक भएको छलफलबाट निकास ननिस्किए पनि छलफल जारी राख्ने भन्दै कांग्रेस नेताहरु बाटो लागेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकमा पनि दुबै दलका नेताहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिना निश्कर्ष सकिएको नेताहरुले बताएका छन् ।

बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया