मंगलबार, पुष २९, २०८२

एमसीसी सम्झौता खारेज गराउन वैद्य माओवादीद्वारा ६ बुँदे अपिल जारी

मेरोन्यूज २०७८ फागुन १४ गते २०:४५

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गराउन माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले अपिल जारी गरेको छ ।
एमसीसी सम्झौता राष्ट्रघाती भएको ६ बुँदे कारण उल्लेख गर्दै क्रान्तिकारी माओवादीले आम जनसमुदायको नाममा अपिल जारी गरेको छ ।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गराउन संघर्षलाई नयाँ उचाई प्रदान गरौं’ शीर्षकमा माओवादीले अपिल जारी गरेको हो ।
सम्झौतालाई संसदबाट अनुमोदन गराउन अत्यन्तै ठूला षड्यन्त्र र कसरत हुँदै आएको र सम्झौताविरुद्ध संघर्ष पनि निरन्तर चल्दै आएको भन्दै अब स्थिति निर्णायक मोडमा पुगेको अपिलमा उल्लेख छ ।

प्रतिक्रिया