टिप्पणी
‘रिज्याक्ट एमसीसी’ भन्न केले छेक्यो प्रचण्ड र माधवलाई ?

काठमाडौं । सत्ता गठबन्धनका दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) र तेस्रो दल एकीकृत समाजवादीका दुई शीर्ष नेताले संसदमा टेबल भएको एमसीसी प्रस्तावलाई घोषित रुपमा अस्वीकार गर्न अझै सकेका छैनन् ।
सत्ता गठबन्धनको प्रमुख घटक माओवादीका युवा कार्यकर्ताहरुले सडकमा कफन बाँधेर हप्तौंदेखि ‘रिज्याक्ट एमसीसी’ भन्दै प्रहरीसँग पंखेजोरी खेलिरहँदा पार्टी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्याक्ष माधव नेपाल भने ‘सेफ ल्याण्डिङ’मा लागिरहेका छन् ।
सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसले कुनै पनि हालतमा एमसीसी पास गर्ने पर्ने दायित्व रहेको ठानेर विपक्षी दलकै साथ लिएर भए पनि एमसीसी पास गर्न कस्सिदा पनि गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र माधव नेपाल गठबन्धनको भुलभुलैयामा छन् ।
सडकमा जतिसुकै आन्दोलन चर्किए पनि अथवा संसदमा सत्ता सहयात्री दलहरुले साथ नदिए पनि एमसीसी संसदबाटै अनुमोदन गराइ छाड्ने निश्कर्षमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा नेतृत्वको पार्टी नेपाली कांग्रेस सामु एमसीसी अस्वीकार्य भएको भन्दै बाटो लाग्न प्रचण्ड र नेता नेपाल सकिरहेका छैनन् ।
बरु एमालेको साथ लिएर सत्ता गठबन्धनबाट आफूहरुलाई टाढा राख्न खोजेको भन्दै प्रचण्ड र माधव एमसीसीबारे ‘छलछाम’ को राजनीतिक यात्रा खोजिरहेका छन् ।
एमसीसीमा सहमति जुटाउन र नयाँ राजनीतिक कोर्ष अगाडि बढाउन समेत तम्सिएको कांग्रेस र एमसीसीको विरोधमा अहिलेसम्म नबोलेको एमालेका शीर्ष नेतृत्व तहको बालुवाटार र बालकोट ओहोरदोहोरपछि सत्ता गठबन्धन जोगाउने कसरतमा शनिवार दिनभरी नै दुई नेता लागिपरे ।
गठबन्धन जोगाउने मध्यमार्गी बाटो दिने आश्वासन प्रचण्ड र नेता नेपालले देउवालाई दिए पनि उनी विश्वस्त हुन सकेका छैनन् । त्यसैले आफू देउवा आफू प्रचण्ड र माधव नेपालसँग बालुवाटारमा रहँदा आफ्ना दूतहरुलाई शनिवार बालकोट पठाएका थिए ।
‘एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न मात्रै दिएमा गठबन्धन नभत्काउने देउवाको आश्वासन पाएर अर्थमन्त्री जनार्दन शर्माको अनुपस्थितिमा पार्टीभित्र र बाहिर चौतर्फी विरोधका बाबजुद टेबल गर्न नरोकेका प्रचण्ड र नेपाललाई एमसीसीलाई नरोकेर गठबन्धन जोगाइराख्नुपर्ने बाध्यता के परेको छ ?’– कार्यकर्ताले सडकबाट प्रश्न गरिरहेका छन् । जसरी युवा कार्यकर्ताहरुले सडकमा चिच्याई चिच्याई ‘रिज्याक्ट एमसीसी’ भनिरहँदा प्रचण्ड र माधव नेपाले किन त्यसो भन्न सकिरहेका छैनन् भन्ने गम्भीर सवाल उठिरहेको छ ।
पाँच महिनाअघि एमसीसीबारे सबै दललाई सहमति जुटाउन प्रधानमन्त्री देउवासँगै हस्ताक्षर गरी एमसीसी मुख्यालयमा पत्राचार गरेकोमा आलोचित बनेका प्रचण्ड गठबन्धन जोगाउन एमसीसीका लागि बाटो खाली गरिदिने योजनामा लागेमा सत्ता गठबन्धन त जोगिएला तर आफ्नै कार्यकर्ताले माफ दिने छैनन् ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया