‘डलर होइन, स्वाभिमान रोजौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेस प्रदेशले एमसीसीविरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेस प्रदेशमा यसको खबरदारीको लागि सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेस प्रदेशले जनाएको छ ।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेस प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसद्बाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनविना समर्थन र संसद्बाट पास गर्न सकिदैन ।’
एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीविरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन अपिल गरेको छ । त्यसैगरी, प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया