मंगलबार, माघ ६, २०८२

खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

मेरोन्यूज २०७८ फागुन १५ गते ८:१७

बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।

कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् ।

सदस्यमा चक्रपाणि न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

प्रतिक्रिया