प्रधानमन्त्री देउवाको चेतावनी, प्रचण्ड–नेपाललाई ‘फेस सेभिङ’को बाध्यता

काठमाडौँ । गत आइतबारदेखि लगातार दबाबमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार मध्यान्ह आफू र आफ्नो पार्टीको निर्णयलाई बदल्ने निर्णयमा पुगे । गत वर्ष नेकपा विभाजन र एमाले–माओवादी पार्टी अलग–अलग भएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकेका प्रचण्ड र माधव नेपालले नै शेरबहादुर देउवालाई अघि सारेर बनाएको गठबन्धन भत्किने अवस्था आएपछि एमसीसीबारे पार्टीको धारणालाई बदल्ने निर्णयमा पुगेका हुन् ।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्बाट पारित गर्न असहयोग गर्दा गठबन्धन नै भत्किने र आगामी निर्वाचनमा दुवै पार्टीको अवस्था केन्द्रीय राजनीतिबाट टाढा रहने खतरामा बढ्ने महशुस गर्दै उनीहरुले एमसीसीको विषयमा पार्टीको धारणालाई थोरै परिवर्तन गरेर पास गर्न सहमत भएका हुन् । प्रधानमन्त्री देउवाले माओवादी र एस पार्टीलाई आइतबारदेखि नै एमालेसँग अपौचारिक अनौपचारिक संवाद गरेर दुवै नेताहरुलाई मनोवैज्ञानिक दबाबमा राखेका थिए ।
त्यो क्रम बुधबारदेखि शुक्रबार मध्यरातसम्म पुग्दा एमालेसँग सहमति नजिक पुगेको अवस्था थियो । देउवाले कुनै पनि हालतमा एमसीसीलाई संसदबाट पास गर्ने र अर्ली चुनावको बाटो लिने मुडमा पुगेपछि प्रचण्ड र माधव नेपालले आफ्नो रणनीति बद्लेका हुन् ।
धम्कीपछि माओवादी र एस पार्टीका नेताहरुले अनौपचारिक छलफल गरेपछि ठोस निष्कर्षमा पुग्न सकेका थिएनन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान कैलालीमा रहेका माधव नेपाल र काठमाडौँमा रहेका प्रचण्ड दुवैलाई फोन गरेर शनिबार दिउँसोसम्म एमसीसीबारे स्पष्ट धारणा नआए एमालेसँग सहमति गरेर अघि बढ्ने र त्यस्तो अवस्थामा गठबन्धन नहरने धम्की दिएका थिए । सो धम्कीपछि माओवादी र एस पार्टीका नेताहरुले अनौपचारिक छलफल गरेपछि ठोस निष्कर्षमा पुग्न सकेका थिएनन् ।
माओवादी अध्यक्ष प्रचण्डले कैलालीमा रहेका नेपाललाई फोन गरेर काठमाडौँ बोलाएपछि भने दुई पार्टीबीचमा विभिन्न चरणमा कुराकानी भएको थियो । प्रचण्ड र नारायणकाजी श्रेष्ठ, माधव नेपाल र झलनाथ खनालबीच विभिन्न चरणमा भएको कुराकानीपछि अन्नतः शनिबार मध्यान्ह व्याख्यात्मक टिप्पणीसहित पुरक प्रस्ताव बनाएर एमसीसीलाई एउटा टुंगोमा पुर्याउने र गठबन्धन जोगाउने रणनीतिमा पुगे । त्यही प्रस्ताव लिएर उनीहरुले देउवालाई भेट गरेपछि शनिबार साँझ भएको एमालेसँगको संवाद पनि विना निष्कर्ष टुंगिएको थियो ।
‘एमसीसीबारे निर्णय नगरे एमालेसँग सहमति गर्ने चेतावनी दिएपछि प्रचण्ड र माधव नेपाल एमसीसी संसदबाटै पास गर्न तयार हुनुभयो तर त्यसको व्याख्या कसरी गर्ने भन्ने बारेमा छलफल सकिएको छैन’, स्रोतले भन्यो । बालुवाटारमा प्रधामन्त्री देउवासँग छलफल सकेर खुमलटार पुगेका दुई नेताले आफ्ना पार्टीका नेताहरुलाई वैकल्पिक व्याख्यासहित एमसीसी पास गर्न तयार भएको जानकारी गराइसकेका छन् ।
पार्टीभित्र ठूलो असहमति हुँदा पनि प्रचण्ड र माधव नेपाललाई गठबन्धन जोगाएर लैजानु पर्ने बाध्यता रहेकाले अहिले देउवासँग एमसीसीमा सम्झौता गर्नु परेको हो ।
शनिबार राति अबेरसम्म प्रचण्ड र माधव नेपालले आफ्ना नेताहरुलाई सहमत गराउन खोजिरहेका छन् । ‘चाडै निर्णय नगरे एमालेसँग सम्झौता गरेर भए पनि एमसीसी पास गर्ने अडान लिएपछि अन्नतः माओवादी प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले वैकल्पिक विधिबाट एमसीसी पास गरेर जान सहमत भएको बुझिन्छ’, कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार माओवादी अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष नेपाललाई ‘फेस सेभिङ’ गर्ने र गठबन्धन जोगाउने यो मात्रै एउटा उपाए हो ।
आगामी स्थानीय तहको निर्वाचनदेखि संघीय निर्वाचनसम्म गठबन्धन गरेर भाग लिने तयारीमा गरिरहेका बेला एमसीसीकै कारण गठबन्धन भत्किए सबैभन्दा बढी समस्यामा माधव नेपालको एस पार्टी रहेकै कारण अहिलेलाई गठबन्धन जोगाएर जानुपर्ने बाध्यता रहेको छ । पार्टीभित्र ठूलो असहमति हुँदा पनि प्रचण्ड र माधव नेपाललाई गठबन्धन जोगाएर लैजानु पर्ने बाध्यता रहेकाले अहिले देउवासँग एमसीसीमा सम्झौता गर्नु परेको हो ।
खासगरी एमालेले कुनै पनि हालतमा गठबन्धन भत्काउन लागि परेको र अर्ली इलेक्सनमा जान खोजेको तथा एमसीसीमा सहयोग गर्दा कांग्रेसले एमालेसँग सम्झौताको हात फैलाउँदा माओवादी र एस पार्टीलाई आगामी चुनावमा घाटा हुने अवस्था आएकै कारण दुई नेता यो निर्णयमा पुगेका हुन् । सत्ता गठबन्धन दलकै दुई नेताहरुले असहमति प्रकट गरेपछि प्रधानमन्त्री देउवा र कांगेस नेताहरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग संवादका लागि पटक पटक ओली निवास बालकोट पुगेका थिए ।
बालकोट जानुअघि कांग्रेसका नेताहरुले माओवादीको कुनै विश्वास नभएकाले एक प्रकारको सहमति गरेर फर्कने निचोड लिएर पुगेका थिए । तर, प्रचण्ड र माधव नेपालले ‘कोर्स’ परिवर्तन गर्दै अगाडि बढ्ने संकेत गरेपछि उनीहरु ओली निवास बालकोटबाट संवाद जारी राख्ने भन्दै उठेर हिँडेका थिए । प्रधानमन्त्री देउवाले आफू निकटका नेताहरुसँग भरसक सत्ता गठबन्धन र त्यहाँ रहेका दलहरूको सहयोगमा एमसीसी संसदबाट पास गर्ने मनशाय राखेको भए पनि माओवादी र एस पार्टीका अध्यक्षले धोका दिएपछि बाध्य भएर बालकोट जानु परेको बताएका थिए ।
एस पार्टीका एक नेताका अनुसार सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर चर्को विवाद र बहस हुँदै आएको अवस्थामा कांग्रेसले प्रमुख प्रतिपक्षीको साथ खोजिरहेको र त्यसका लागि गठबन्धन भत्काउन समेत कांग्रेस तयार रहेको अवस्थालाई प्रचण्डले माधव नेपालले राम्रोसँग आंकलन गरेर अगाडि बढेका हुन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कारबाही गरेको १४ जना सांसदलाई हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्नु पर्ने माग राख्दै आएकोप्रति प्रधानमन्त्री देउवा ती सबै मागका बारेमा छलफल गर्न तयार मात्र भएनन् उनी सभामुखलाई महाभियोग लगाएर अघि बढ्नेसम्मको अवस्थामा अघि बढ्न खोजेपछि प्रचण्ड र माधवले कोर्स परिर्वतन गर्नु परेको एस पार्टीका नेताहरुको भनाई छ ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया