माओवादी केन्द्र निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो र
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निष्कर्शमा पुगेको हो । बैठकले एमसीसीका राष्ट्रिय हितविपरीत भएका प्रावधानहरू परिमार्जन र संशोधनसहित पारित गर्न सकिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
यसअघि माओवादीले संशोधनबिना एमसीसी पारित गर्न नसक्ने अडान लिदै आएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।
अध्यक्ष अोलीले आफ्नो माग पूरा नभएसम्म साथ दिन नसक्ने बताएसँगै प्रधानमन्त्री देउवा दबाबमा थिए । अोलीले आफूले कारबाही गरेको १४ जना सांसदलाई संसदबाट निष्काशन गर्नु पर्ने वा सभामुखको विकल्प हुनु पर्ने माग राख्दै आएका थिए ।
यसैबीच प्रधानमन्त्री देउवाले सत्ता साझेदारी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरूलाई एमसीसी अनुमोदन नगरे गठबन्धन नहुने भन्दै दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीको दबाबसँगै दुवै दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया