नेकपा एसको स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ फागुन १५ गते १२:१३

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ ।
नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ ।
अध्यक्ष माधव कुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया