मंगलबार, माघ ६, २०८२

माओवादी संसदीय दलको बैठक जारी

मेरोन्यूज २०७८ फागुन १५ गते १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ ।

माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन बैठक डाकेका हुन् ।

बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।
एमसीसी यही फागुन ५ गते प्रतिनिधि सभामा पेश भएको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्ने समयसीमा भोलि (फागुन १६ गते) सम्म छ ।

प्रतिक्रिया