आइतबार, वैशाख २७, २०८३

बाबुरामले भने- पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? राजनीतिबाट सन्यास लिए हुन्छ

मेरोन्यूज २०७८ फागुन १५ गते १६:५४

काठमाडौं । जनता सामाजबादीजसपाका संघीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले हामीले एमसीसी अनुदानबाट पछि हट्न नहुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए । 

Advertisement
NiccNicc

सत्य बोल्ल्न डराउन नहुने भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो । तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’ 

उनलेभने,‘हामीले भारतसँग विपा सम्झौता लिऔँ, चीनसँग विराआई सम्झौता गरौ, अमेरिकाको एमसीसी पनि लिऔं ।’
हामीले अरुले दिएको अनुदान लिन पछि हट्न नहुने बताए ।

हिजो सम्झौता गरेर आज विरोध गर्न नमिल्ने उनको भनाइ छ । “गल्ती हुनसक्छ । गल्ती भयो भने गल्ती भयो भनौँ । त्यसका निम्ति प्रायश्चित गरौँ । राष्ट्रघात भएको भए यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ ? कर्मचारीले गर्‍यो भन्न मिल्छ ? मिल्दैन । म नैतिक दायित्व लिन्छु,” उनले भने ।
उनले हामीले बुझौ अहिले एमसीसीको पक्षमा गएको हौं सत्ता छोड्न सकिएन नभन्न उनले प्रचण्डतर्फ व्यङग्य गरे ।
उनले जेकेष्टको एक भनाई सुनाउँदै भने ‘राजनिति भनेको सम्भावनाको खेल मात्र हैन, सत्यनास र अप्रयिताबीचको छनोट पनि हो ।’ उनले पिछडिएको देशले औधोगिक अर्थतन्त्रमा अगाडी जानुपर्ने बताए ।उनले भने,‘यदि हामी अनुदान लिदैनौं भने हामी ढु्ङगा माटो मात्र हाम्रो भनेर जपेर बस्दा हुन्छ, कुनै विकास हुदैन् ।’

प्रतिक्रिया