एमसीसी संशोधन नगरी स्वीकार्य छैनः गिरीराजमणि

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल एमसीसी संशोधन नगरी स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै पोखरेलले एमसीसी सम्झौता विकासका लागि मात्रै नआएको बताए ।
‘विकासका लागि आएको सम्झौता भए, कुनै आपत्ति हुने थिएन । सझौताका केही प्रावधानले अमेरिकाको कानून पालना गर्नुपर्ने हुन्छ ।’– उनले भने ।
सहयोग परियोजना संसदले अनुमोदन गर्ने कुराले संसदकै मानमर्दन गर्ने पनि उनले स्पष्ट गरे । ‘संसदले अनुमोदन गर्नुपर्ने नै थिएन । यसले संसदमा गलत नजिर बनाउनेछ ।’– उनले भने ।
एमसीसी अनुमोदन गर्ने रबरस्टेम्प बनाउन खोजिएको पनि पोखरेलले आरोप लगाए ।
एमसीसी सम्झौता गरिए अमेरिकी परियाजनाले समानान्तर सरकार जस्तै सरकार चलाउने उनले दाबी गरे ।
यो सम्झौता पारित गरिए नेपालको संविधान नै संशोधन हुने स्थिति पैदा हुने पोखरेलको भनाई छ । यो सम्झौताको समाप्तिपछि पनि कार्यान्वयन हुने कुरा गम्भीर अवस्था सम्झौतामा राखिएको उनले बताए ।
नेता पोखरेलले भारत सरकारको पनि सहमति चाहिने कुराले एमसीसी दुई पक्षीय सम्झौता मात्रै हुन नसकेको बताए । ‘यो सम्झौताको नाममा नेपालको विद्युत उर्जामा हात हाल्न खोजेको देखिन्छ ।’– पोखरेलले भने ।
पोखरेलले एमसीसी सम्झौता हिन्द सागरको रणनीतिक महत्वको सम्झौता भएको भन्दै यस्तो सम्झौता गरेर छिमेकीलाई चिढ्याउन नसकिने स्पष्ट गरे ।
उनले युक्रेनको घटनाबाट पाठ सिक्न पनि आग्रह गरे । यो सदनले यो सम्झौता परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया