एमसीसी संसदमा आजै पारित गर्ने तयारी
सैद्धान्तिक छलफल सकेपछि आजै संसदको अर्काे बैठक बोलाइने, त्यही वीचमा मन्त्रिपरिषद् बैठक बानेश्वरमै बस्ने

काठमाडौं । सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीसँग गरेको कम्याक्ट सम्झौता संसदबाट आजै पारित गर्ने तयारी गरेको छ । प्रतिनिधीसभामा अहिले एमसीसीको सैद्धान्तिक विषयमाथी छलफल चलिरहेको छ । सांसदहरुले त्यसमा ५ मिनेटको दरमा आ आफनो धारणा राखिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेपनि एमालेका सांसद भीम रावलले भने प्रक्रियामा भाग लिएर एमसीसीको विरोध गरेका छन् । एमसीसीमाथीको पारम्भिक छलफलमा सम्झौताको विरोधमा मत राख्ने सांसदहरुले बढी बोलिरहेका छन् । केही सिमित सांसदले भने पक्षमा धारणा राखेका छन् ।
दुई जना प्रधानमन्त्रीले आफनो धारणा राखिसकेका छन् । डा बाबुराम भटटराईले पक्षमा र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले विपक्षमा मत राखेका छन् ।
सैद्धान्तिक छलफलमा बोल्न चाहने सांसदहरुले आफनो धारणा राखिसकेपछि उठेका प्रश्नहरुको अर्थमन्त्री जर्नादन शर्माले जवाफ दिनेछन् ।
त्यसपछि बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गदैं आजै फेरि अर्काे बैठकको समय निर्धारण गर्नेछन् ।
सभामुखले अर्काे बैठक आधार घण्टाको समय ग्याव राखेर तोक्ने तयारी भएको संसद सचिवालय स्रोतले बताएको छ । त्यही आधा घण्टाको वीचमा मन्त्रीपरिषद्को बैठक नयाँ बानेश्वरस्थित संसद भवनमै बस्नेछ । त्यही बैठकले विहान सत्तागठबन्धन दलका वीचमा भएको एमसीसीको ब्याख्यात्मक टिप्पणी सहितको ११ बुँदे प्रस्तावलाई अनुमोदन गर्नेछन् ।
मनित्रपरिषद्ले अनुमोदन गरेको त्यही ब्याख्यात्मक टिप्पणी सहितको प्रस्ताव दोस्रो पटक शुरु हुने बैठकमा पेश गर्ने सरकारको तयारी छ ।
त्यसपछि एमसिसी सम्झौतामा दफावार छलफल दोस्रो पटक बस्ने संसदमा शुरु हुनेछ । त्यो सकिउपछि आजै मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी संसद सचिवालयले गरेको छ ।
आजै मतदानको प्रक्रिया पूरा गरेर एमसीसीको निर्णय लिने तयारीमा सरकार जुटेको छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया