बुधबार, पुष ३०, २०८२

माओवादीका दुई सांसदले एमसीसी मतदानमा भाग नलिने

मेरोन्यूज २०७८ फागुन १५ गते १७:५६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई सांसदले एमसीसी सम्झौता अनुमोदनक ालागि हुन लागेको मतदानमा सहभागी नहुने भएका छन् । पार्टीले संसदमा ब्याख्यात्मक टिप्पणीसहित सम्झौता अनुमोदनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि त्यसप्रति विमित राखेका माओवादी केन्द्रका सांसदहरु गिरिराजमणि पोखरेल र अन्जना विसंखेले मतदान प्रक्रियामा भाग नलिने भएका हुन् ।

एमसीसीको संसदमा भएको सैद्दान्तिक छलफलका क्रममा पनि दुवै सांसदले आफनो धारणा राख्दै एमसीसी भित्र धेरै विषय राष्टिय हित विपरित भएकोले स्वीकार गर्न नसकिने धारणा राखेका थिए । उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई आफुहरु मतदानको प्रक्रियामा भाग नलिने जानकारी गराएका छन् ।

प्रतिक्रिया