शुक्रबार, वैशाख २५, २०८३

एमसीसीलाई मतदानबाट खारेज गर्न जनमोर्चाको माग

मेरोन्यूज २०७८ फागुन १५ गते २०:४७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदमा पेश भई छलफल भइरहेको एमसीसी प्रस्तावलाई मतदानबाट खारेज गर्न माग गरेको छ ।
एमसीसी मुख्यालयमा संशोधन अस्वीकार गरेपछि सत्ता गठबन्धन दलहरुले एकपक्षीय रुपमा ब्याख्यात्मक घोषणा गर्दै अनुमोदनको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा ब्याख्यात्मक घोषणा प्रस्तावमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरिन् ।
उनले एमसीसीलाई मतदानबाट खारेज गर्नुपर्ने बताइन् ।

Advertisement
NiccNicc

उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् । यसबाट गलत नजिर बस्ने उनको भनाइ छ ।

प्रतिक्रिया