आन्दोलनमा संयमता अपनाएको भन्दै गृह प्रशासन र सुरक्षा निकायलाई गृहमन्त्रीको धन्यवाद
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोक (एमसीसी)का सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गर्नु भएको छ ।
गृहमन्त्री खाणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अघिकारीहरू क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरेर धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले सुरक्षाकर्मीहरू साथीहरू घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंशा व्यक्त गर्नुभयो ।
‘एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाहरू उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहनु भएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताउनु भयो ।
गृहमन्त्री खाणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

















बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया