चितवनमा ४ जना बन्दकर्ता समातिए

चितवन । संसदबाट एमसीसी परियोजना अनुमोदन गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले गरेको नेपाल बन्दका क्रममा चितवनबाट चार जना पक्राउ परेका छन् ।
विप्लव नेकपाका चितवन जिल्ला कमिटी सदस्य ध्रुब खड्का, सुरेन्द्र बस्नेतसहित चार जनालाई प्रहरीले चितवनको मुख्य बजार क्षेत्र नारायणघाटबाट पक्राउ गरेको एमसीसी खारेजी अभियान चितवनका सचिव परशुराम पौडेलले बताए ।
चितवनको मुख्य बजार क्षेत्रमा बन्दकर्ताहरुले प्रदर्शन गर्दै एमसीसीविरुद्ध नाराबाजी गराउँदै हिडेका छन् । प्रदर्शनकारीहरुले नारायणघाटको मुख्य बजार क्षेत्र बन्द गराएका छन् । राजमार्गका मुख्य सडकमा सवारीहरु सञ्चालनमा आएको छैन ।
एमसीसी पारित गरेको विरोधमा ६ दल र दुई मोर्चा गराएको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्द आव्हानकर्ताले एमसीसीविरुद्ध नाराबाजी गर्दै नगर परिक्रमा गरेका छन् ।
एमसीसीका विरुद्धमा नेकपा विप्लव, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके समाजवादी, राष्ट्रिय जनमोर्चा, देजमो नेपालले आज नेपाल बन्दको आह्वान गरेको छ ।
















राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि
संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया