मंगलबार, माघ ६, २०८२

चितवनमा ४ जना बन्दकर्ता समातिए

प्रेम कडेल २०७८ फागुन १६ गते १४:१२

चितवन । संसदबाट एमसीसी परियोजना अनुमोदन गरेको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले गरेको नेपाल बन्दका क्रममा चितवनबाट चार जना पक्राउ परेका छन् ।

विप्लव नेकपाका चितवन जिल्ला कमिटी सदस्य ध्रुब खड्का, सुरेन्द्र बस्नेतसहित चार जनालाई प्रहरीले चितवनको मुख्य बजार क्षेत्र नारायणघाटबाट पक्राउ गरेको एमसीसी खारेजी अभियान चितवनका सचिव परशुराम पौडेलले बताए ।

चितवनको मुख्य बजार क्षेत्रमा बन्दकर्ताहरुले प्रदर्शन गर्दै एमसीसीविरुद्ध नाराबाजी गराउँदै हिडेका छन् । प्रदर्शनकारीहरुले नारायणघाटको मुख्य बजार क्षेत्र बन्द गराएका छन् । राजमार्गका मुख्य सडकमा सवारीहरु सञ्चालनमा आएको छैन ।

एमसीसी पारित गरेको विरोधमा ६ दल र दुई मोर्चा गराएको बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । बन्द आव्हानकर्ताले एमसीसीविरुद्ध नाराबाजी गर्दै नगर परिक्रमा गरेका छन् ।

एमसीसीका विरुद्धमा नेकपा विप्लव, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके समाजवादी, राष्ट्रिय जनमोर्चा, देजमो नेपालले आज नेपाल बन्दको आह्वान गरेको छ ।

प्रतिक्रिया