कांग्रेसका प्रवक्ता महत भन्छन- एमसीसी परियोजना अगाडि बढ्ने सुनिश्चितता भयो

काठमाडौं । नेपाली कांग्रेसले संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएसँगै कार्यान्वयनमा जाने विषय अब सुनिश्चित भएको प्रष्ट पारेको छ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता डा.प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्दै अब एमसीसी आयोजना कार्यान्वयनमा जाने सुनिश्चितता भएको बताएका हुन्।
उनले व्याख्यात्मक घोषणामा उल्लेख भएका विषयले पनि धेरै कुरा प्रष्ट पारेको भन्दै आयोजनाले अब गति लिने बताए। उनले एमसीसी संसद्बाट पारित भएसँगै राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भएको पनि बताए ।
‘एमसीसी परियोजना कार्यान्वयनमा जाँदा आउन सक्ने चुनौतीका विषयमा पनि सरकार गम्भीर भएको भन्दै गठबन्धनमा रहेका दलहरु पनि लाग्नेछ,’उनलेभने,‘विकास र सहयोग सम्बन्धमा नयाँ अध्याय सुरु हुनेछ। अमेरिकी सरकारसँग मात्रै होइन कि अन्य दातृ निकायमा पनि त्यो हुनेछ।’
उनका अनुसार स्वामित्वको हिसाबले नयाँ नजिर स्थापित गर्छ। भविष्यमा नेपालमा आउने आर्थिक सहयोग सम्बन्धमा पनि थप पारदर्शिता र नेपालको स्वार्थलाई ध्यान केन्द्रित गर्छ ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया