माओवादीमा एमसीसी विवाद
माओवादीका ५ सांसदले गरे संसद बहिष्कार, दुई सांसदको विपक्षमा मत
एमसीसी अनुमोदनको पक्षमा मतदान गर्न माओवादीले पार्टी सांसदलाई ह्वीप लगाएको थियो, तर ७ सांसदले पार्टी ह्वीप उल्लंघन गरेका छन्

काठमाडौं । हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता आइतबार प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । सम्झौताका कतिपय वुँदा नेपालको राष्ट्रिय हित विपरित रहेको भनी चर्काे आवाज उठाईरहेको नेकपा (माओवादी केन्द्र) सम्झौतामा उठेका मुख्य प्रश्नहरूलाई सम्बोधन गर्न पूरक दस्ताबेजका रूपमा ‘व्याख्यात्मक घोषणा’ का साथ एमसीसी अनुमोदनको पक्षमा उभिदा माओवादी केन्द्रकै ५ सांसदले संसदको उक्त बैठक बहिष्कार गरेका छन् ।
संसद भित्रै रहेर दुई सांसदले भने विपक्षमा मत ब्यक्त गरेको खुलेको छ ।
माओवादी केन्द्रले सम्झौतामा उठेका कतिपय प्रश्नलाई संसदवाटै १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णयमा पुग्दा माओवादीकै ७ सांसदलाई पार्टीको उक्त निर्णय स्वीकार भएन । व्याख्यात्मक घोषणामा ‘एमसीसीको विकास परियोजनामा सहकार्य गरे पनि अमेरिकाको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा नेपाल आबद्ध नभएको’ घोषणा गरिएको थियो ।तर पनि माओवादी केन्द्रका ७ सांसदले त्यसलाई विश्वास गर्न सकेनन ।
त्यसपछि उनीहरुले संसदको बैठकमा पार्टी निर्णय विपरित केहीले विपक्षमा मत ब्यक्त गरे, केहीले वहिष्कार नै गरे ।
नेपालको संसद्ले सम्झौताका कतिपय वुँदामा एकतर्फी थप ब्याख्यात्मक घोषणा गरेर सन्धि ऐनअनुसार अन्तर्राष्ट्रिय मान्यता हुने र संसारभरका सन्धिहरूलाई कार्यान्वयन गर्ने ‘भियना कन्भेन्सन अफ लज अफ ट्रिटिज १९६९’ को धारा ३१ मा यससम्बन्धी प्रस्ट ब्यवस्था रहेको विषयमा पार्टी नेतृत्वले विफ्रिङ गरेपनि त्यसलाई माओवादीका ७ सांसदले विश्वास गर्न सकेनन ।
त्यसपछि उनीहरुले पार्टी निर्णय विपरित विपक्षमा मत ब्यक्त गर्ने देखि वहिष्कार गर्ने सम्मको काम गरेका थिए ।
पूर्व सभामुख समेत रहेका कृष्णवहादुर महरा, नेतृ जयपुरी घर्ती, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी र अमृता थापा ५ जना सांसदले आइतबार एमसीसी अनुमोदन गराउने दोस्रो संसद बैठक बहिष्कार गरेका थिए । उनीहरुले एमसीसीको पक्षमा मतदान गर्न नसक्ने भन्दै बैठक वहिष्कार गरेका थिए ।
त्यस्तै दुई सांसदहरु गिरिराजमणि पोखरेल र अन्जना विशंखेले भने बैठकमै उपस्थित भएर विपक्षमा मत ब्यक्त गरेका थिए ।
माओवादीले ब्याख्यात्मक घोषणा सहितको एमसीसी अनुमोदन गर्ने विषयको पक्षमा मतदान गर्ने निर्णय केन्द्रीय कार्यालयको विस्तारित बैठक र संसदीय दलको बैठकबाट निर्णय लिएको थियो । उक्त निर्णयसँगै माओवादी केन्द्रले आफना सांसदहरुलाई एमसीसीको पक्षमा मतदान गर्न पार्टी ह्वीप लगाएको थियो ।
उसले सांसदहरुलाई मोवाइलमा एमएमएसमार्फत पक्षमा मतदान गर्न ह्वीप लगाएको माओवादीका एक सांसदले मेरोन्यूजलाई बताए ।
‘पार्टीले ब्याख्यात्मक घोषणासहितको एमसीसी अनुमोदनको पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो, त्यस्तो हेवीप संसदीय दलको प्रमुख सेचतकले सवै सांसदहरुलाई एसएमएसमार्फत मोवाइलमा जानकारी गराउनुभएको थियो,’ ति सांसदले भने ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ छन् । उनी पनि एमसीसी यसरी पारित गर्ने पक्षमा थिएनन । तर उनले पार्टीको निर्णय स्वीकार गदै संसदीय दलका नेता तथा अध्यक्ष प्रचण्डको आग्रह्मा पार्टी सांसदहरुलाई ह्वीप लगाएका थिए । सोही आधारमा असहमति भएपनि उनले पक्षमा मतदान गरेका थिए ।
तर ५ जना सांसदले वहिष्कार र दुई सांसदले पार्टी ह्वीपलाई समेत नमानेर विपक्षमा मतदान गरेका थिए ।
यसरी पार्टी ह्वीप नमान्ने ७ जना सांसदलाई अव के गर्ने भन्ने विषयमा पनि माओवादीको शीर्ष तहमा सामान्य छलफल भएको छ । ‘५ जना सांसदले अनुमोदन गर्ने बेला संसद बैठक वहिष्कार गरेर र दुई जना सांसदले संसद बैठकमा उपस्थित भएर पनि हुन्न भन्नेमा हात उठाएर एमसीसीको विपक्षमा मत ब्यक्त गर्नुभयो,’ ति माओवादी नेताले मेरोन्यूजसँग भने,-‘पार्टी निर्णय र निर्देशन उहाँहरुले मान्नुभएन । किन मान्नुभएन भन्ने विषयमा के गर्ने भन्ने सामान्य छलफल पार्टीभित्र भएको छ । यसै गर्ने भन्ने निर्णयमा पुगिसकिएको छैन ।’
माओवादीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल लगायत नेताहरुले एमसीसी अनुमोदन गराउने पार्टी निर्णयमा विमति जनाएका छन् । श्रेष्ठले त एमसीसी ब्याख्यात्मक घोषणासहित पारित हुँदा पनि त्यसप्रति विमति जनाउँदै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न अपिल गरेका थिए ।
















वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया