जनमोर्चा बाहिरिएपछि गण्डकी सरकार धरापमा

पोखरा । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार धरापमा परेको छ ।
राष्ट्रिय जनमोर्चाका दुई सांसदको समर्थनमा झिनो बहुमतले नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको गण्डकीमा संकट परेको छ । तत्कालिन नेकपा विभाजनपछि पाँच गठबन्धन मिलेर एमाले नेतृत्वको सरकार ढेका थिए । जनमोर्चासहितको समर्थनमा कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बनेका छन् ।
गण्डकी प्रदेशमा ५९ जना सांसद मध्ये मुख्यमन्त्रीलाई सभामुखसहित ३२ सांसदको समर्थन छ । गठबन्धनलाई जिताउन स्वतन्त्रबाट जितेका दीपक मनाङेले समेत साथ दिएका थिए ।
गठबन्धनलाई जिताउन एक मात्र सांसद निर्णायक भइदिँदा मनाङेले समर्थन जनाउँदै मन्त्री पद समेत सम्हाल्दै आएका छन् ।
एमसीसी संसदमा अनुमोदन गर्ने क्रममा आइतबार राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरेको थियो । विरोधका बाबजुद एमसीसी पारित गरिएपछि जनमोर्चाको आजको बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
‘केन्द्रीय निर्णय सही छ । जनभावना र गठबन्धनको मर्म विपरित सरकारले एमसीसी पास ग¥यो । जनमोर्चा यसको विपक्षमा छ,’ जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल भन्छन्, ‘अहिले गठबन्धनबाट मात्रै बाहिरिएको छ । सायद छिटै सरकारबाट पनि बाहिरिने अवस्था बनेको बन्ने छ ।’
गठबन्धनका ३२ मध्ये सरकारको नेतृत्व गरेको कांग्रेससँग १५, माओवादीसँग सभामुखसहित १२, जनता समाजवादी पार्टीसँग २ र जनमोर्चासँग २ मत छ । ३ सांसद रहेको जनमोर्चाले यसअघि पार्टीको निर्णय नमानेको भन्दै कारबाही गरेको थियो । गण्डकी प्रदेशमा एमालेको मात्रै २७ सांसद छन् ।
सरकारको रवैयाविरुद्ध गठबन्धनबाट बाहिरिएको जनमोर्चाले गण्डकी प्रदेश सरकारको समर्थन पनि फिर्ता लिनेछ ।
संविधानको धारा १७६ (५) अनुसार बनेको गण्डकी सरकारको समर्थन जनमोर्चाले फिर्ता लिएमा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनबाहेक अरु विकल्प रहने छैन ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया