एमसीसीविरुद्ध आन्दोलन चर्किएपछि बीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत । एमसीसीविरुद्ध आन्दोलन चर्किएपछि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कफ्यू आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंहको मसाल लगायतका कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।
सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
प्रतिक्रिया