आइतबार, वैशाख २७, २०८३

सुदूरपश्चिम माओवादीको अध्यक्षमा चौधरी विजयी

मेरोन्यूज २०७८ फागुन १७ गते ७:५५

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले नयाँ नेतृत्व पाएको छ । हिजो सोमबार भएको निर्वाचनसँगै प्रदेशमा पार्टीको नयाँ चयन भएको हो ।

Advertisement
NiccNicc

निर्वाचनमा अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी मानबहादुर धामीलाई पराजीत गरेका थिए । उनले कूल ११४ मत पाएका थिए भने धामीले ९३ मत पाएका थिए ।

यस्तै, उपाध्यक्षमा मान सिंह माल (क्रान्ति), रण बहादुर कुँवर र अक्कल बहादुर रावल विजयी भएका छन् । सतिवमा जनक बुढा विजयी भएका छन् ।

सहसचिवमा नन्द बहादुर साउद, राम बहादुर देवकर र अञ्जिता श्रेष्ठ विजयी हुँदा कोषाध्यक्षमा कमला कुमारी शाह विजयी भएकी छन् ।

प्रदेश नेतृत्व चयनमा पटकपटक सहमतिको प्रयास भएको थियो । तर, सहमति हुन नसकेपछि हिजो निर्वाचन भएको हो ।

प्रतिक्रिया