मंगलबार, चैत १०, २०८२

प्रचण्ड–माधव एक्लै चुनावमा जाने हैसियत छैन : केपी ओली

मेरोन्यूज २०७८ फागुन १७ गते १४:३०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै जाने बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि पार्टीको धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको नेताप्रति लक्षित गर्दै गठबन्धन सरकार र चुनावी गठबन्धन देशका लागि आवश्यक नभएको बताए । उनले एक्लै चुनावमा जाने हैसियत नभएकाहरू गठबन्धनमा लागेको बताए ।

‘उहाँहरू (प्रचण्ड–माधव नेपाल)को हैसियतले एक्लै चुनावमा जान सक्ने अवस्था छैन, उहाँहरूको हैसियत यति माथि छैन,’ ओलीले भने, ‘खोला तर्न डर लागेपछि पारी जान पनि अरूको हात समाउनु पर्यो नि, चुनावको लागि उहाँहरूको गठबन्धन उहाँहरूकै लागि आवश्यक छ, देशलाई आवश्यक होइन ।’

प्रतिक्रिया