आर्थिक लाभ हुने जिल्ला नपाएपछि सरुवा भएको गणमा जान एसपी महर्जनको अटेरी
एसपीको विषयले सशस्त्र प्रहरी मुख्यालयभित्र हलचल

काठमाडौं । आफूले चाहेको स्थानमा सरुवा नपाएको भन्दै सरुवा भएको कार्यालयमा हाजिर नभएका एक एसपीको विषयलाई लिएर सशस्त्र प्रहरी मुख्यालयभित्र हलचल पैदा भएको छ । सरुवा भएको स्थानमा नजाने चाहेको स्थानमा चाहियो भन्दै एसपीले रडाको मच्चाएको भन्दै मुख्यालयभित्र हलचल पैदा भएको हो ।
गृहमन्त्रालय लगायतका शक्ति केन्द्र धाएका एसपी समिककुमार महर्जनले झापा जिल्ला वा तराईको कुनै एक जिल्लामा सरुवा मागेको तर सशस्त्र प्रहरी मूख्यालयले उनको सरुवा झापाको ३८ नम्बर रिजर्भ गणमा पठाएपछि उनी त्यहाँ नगई अटेर गरेर बसेपछि मूख्यालयले छानबिन समेत गरेको थियो ।
‘सशस्त्र प्रहरीका एक एसपीले चाहेको ठाउँमा सरुवा नपाएपछि दिएको कमाण्डमा हाजिर नै नभइ बसेको अवस्थामा उनीमाथि छानबिन गरिएको हो ।’– सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले भन्यो ।
दिएको कमाण्डमा हाजिर नै नभइ सशस्त्रका एसपी महर्जनले चेन अफ कमाण्डको धज्जी उडाउँदै मातहतका कर्मचारीमाथि हप्कीदप्की गरेको, कार्यविभाजनमा विभेद गरेको उजुरी सशस्त्र प्रहरी मूख्यालयमा परेपछि उनीमाथि छानबिन थालेका थियो ।
सो छानबिनको क्रममा समितिलाई उनले आफ्नो घरायशी कारण देखाएर कमाण्ड सम्हाल्न नगएको बयान दिएको स्रोतको दाबी छ ।
गत माघ २५ गते सशस्त्र प्रहरी मुख्यालयले एसपीहरुको सरुवा गर्यो । सोही सरुवामा ३८ नम्बर रिजर्भ गण झापा दरबन्दी परेका एसपी महर्जन अहिलेसम्म कमाण्ड सम्हाल्न गएका छैनन् ।
स्टाफ कलेज दरबन्दी भइ हाल उपत्यका स्थित ९ नम्बर पशुपतिनाथ बाहिनिमा कार्यरत उनी ‘आर्थिक लाभ हुने’ स्थान नपाएपछि कमाण्डमै नगएको बाहिनी श्रोतले जनाएको छ । उनले मधेश प्रदेशको कुनै एक गण खोजेका तथा झापा जिल्लाको कमाण्ड खोजेका थिए ।
त्यहाँ जान नपाएपछि महर्जन झापाको ३८ नम्बर रिजर्भ गणमा नगएको स्रोतको भनाई छ । ‘सीमा नाकामा बसेर कमाउन पाइयोस् भन्ने चाहना रहेछ, भनेको ठाउँ पाइएन यस्तो ठाउँमा को के जानु भनेर बसेका छन्’, स्टाफ कलेज स्रोतले भन्यो । उनी कमान्डमा नै नगएर दिइएको जिम्मेवारी उलंघन गर्दै अनुशासनहिन कार्य गरेकोमा मूख्यालयभित्रै चर्चाको विषय मात्र बनेको थिएन्, उनीमाथि छानबिन नै भएको थियो ।
‘कमाण्ड गर्ने र संगठनको राम्रो सोंचेको भए उनी जहाँ खटाए पनि जान्थे, आखिर जुन गण गए पनि गणपतिको हैसियतमा काम गर्ने हो ’, बाहिनीका एक अधिकृतले भने । सरुवा भएको ठाउँमा कमाण्ड सम्हाल्न नगएका सशस्त्र एसपी महर्जनकाबारेमा दिएको प्रतिवेदन पनि हाँस्यास्पद रहेको स्रोतले जनाएको छ ।
समितिले घरायसी समस्याका कारण कार्यक्षेत्रमा नगएको हाँस्यास्पद र गैरजिम्मेवारीपूर्ण प्रतिवेदन दिएको हो । कामु सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) प्रबिण कडेलको अध्यक्षतामा गठित समितिले एसपी महर्जनको बारे यस्तो गैरजिम्मेवारीपूर्ण र हल्का जवाफ मुख्यालय पठाएको छ ।
नम्बर ९ पशुपतिनाथ बाहिनी बलम्बुमा कार्यरत महर्जनकाबारेमा ‘हेल्लो सरकार’मा समेत उजुरी परेको थियो । सो बिषयमा हेल्लो सरकारमा उजुरी परेपछि ९ बाहिनीले छानबिन समिति गठन गरेको थियो ।
प्रतिबेदनमा घरायसी समस्याको अलावा परीक्षाको कारण समेत भनेको छ तर कुन परीक्षा, कहिले सकिन्छ र उनी कमाण्डमा कहिले जान्छन् भन्ने बिषयमा प्रतिवेदन मौन छ । एसपी महर्जनको यस्तो गैरजिम्मेवारीपुर्ण हर्कतले फौजको चेन अफ कमाण्डमा नै प्रश्न चिन्ह खडा भएको सशस्त्र प्रहरी मूख्यालयल स्रोतले जनाएको छ ।
यता, कमाउ धन्दाको प्रयास असफल भएपछि उनले बाहिनीका मातहत कर्मचारीलाई अनावश्यक दुःख दिएर रिस फेर्न थालेको र कार्यविभाजनमा विभेद गर्न थालेको स्रोतले जनाएको छ । ‘हरेक दिन बिनाप्रसँग परिचरसम्मलाइ सामेल गर्दै अनावश्यक ब्रिफिङ गर्ने र अनुशासनको धज्जी उडाउने एसपी महर्जन स्वयम् मातहत कर्मचारीलाई नैतिकताको पाठ सिकाउन तल्लिन छन्’, स्रोतले भन्यो ।
बिदा आउटमा कडाइ गरेको नाममा असाध्यै समस्या भएका कर्मचारी समेत बिदा जान नपाउँदा रुष्ट बनेका छन् ।













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया