कारले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु

घोरही । दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन्।
कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुरकी सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी करिब १० बजे गढवा गाउँपालिका २ महादेवा पुल नजिकै ठोक्किएर दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले बताए।
दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते छन्। मोटरसाइकल जयरामले चलाएका थिए। उनकी भान्जी सन्ध्याको मृत्यु भएको हो।
साथै दुर्घटनामा पैदल यात्रु लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते छन्। उनको लमहीमै उपचार भइरहेको छ।
कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया