रेखा थापा बनिन् राप्रपाको मनोनित केन्द्रीय सदस्य

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको मनोनित केन्द्रीय सदस्य बनेकी छिन् । महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार बनेर पराजित हुन पुगेकी थापा मनोनितमा पार्टी केन्द्रीय सदस्य बनेकी हुन् । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्दा उनी पनि केन्द्रीय सदस्यमा मनोनित भएकी हुन् ।
राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन् । त्यसअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना यसअघि मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन् । उनीहरु आजै दिउँसो बस्न लागेको राप्रपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार मनोनित हुने १४ केन्द्रीय सदस्यमा अभिनेत्री थापा सहित लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेका छन् ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया