माओवादी केन्द्रीय समिति बैठक फागुन २० मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन २० गते पार्टी केन्द्रीय समितिको बैठक बोलाईएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रशान्तले जानकारी दिए ।
बैठक राष्टिय सभा गृहमा विहान ११ बजेदेखि शुरु हुनेछ । २० फागुन देखि २२ गते सम्म बैठक चल्ने जानकारी केन्द्रीय सदस्यहरुलाई गराइएको छ । बैठकमा समसामायिक राजनीति, एमसीसीले पार्टीभित्र निम्ताएको विवाद, पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता देखि पार्टीका नेताहरुको कार्यविभाजन सम्मका एजेण्डामा केन्द्रीत रहेर छलफल हुने भएको छ ।
माओवादीको पुस ११ देखि १८ सम्म सम्पन्न भएको महाधिवेशनले पार्टी अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको छैन । पार्टी महासचिवका आकाक्षीमा सहमति जुटाउन नसक्दा पटक पटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइने र अन्तिम समयमा स्थगित हुँदै आईरहेको थियो ।
माओवादीमा पछिल्लो पटक एमसीसी सम्झौता सदनबाट अनुमोदनको विषयमा पनि चर्काे विवाद छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी संसदवाट अनुमोदन गर्ने कार्यमा पार्टी लागेको र अनुमोदन गराएको विषय पार्टीको महाधिवेशनको म्यान्डेट विपरित रहेको भन्दै अध्यक्ष प्रचण्डसँग असन्तुष्टि राख्दै आएका छन् । श्रेष्ठ र प्रचण्डका वीचमा विवाद चर्काे परेका कारण यो केन्द्रीय समिति बैठकलाई निक्कै चासोका साथ हेरिएको छ ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया