यी हुन् नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि बम राख्ने व्यक्ति

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनबाट अनुमोदन गरेको विराेधमा सोमबार संसद भवन अगाडि प्रेसर कुकर बीच सडकमै राखियो । सडकमा ‘नो एमसीसी’ भन्दै राखिएको कुकर राखिएपछि बम भएको आशंकामा झण्डै दुई घण्टा सडक अवरुद्ध हुन पुगेको थियो ।
त्यसपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गर्दा कुकरमा इँटाको टुक्रा र कागज भेटिएको थियो ।
उक्त बीच सडकमा कुकर कसले राखिएको विषयमा प्रहरीको अपराध महाशाखा ले गम्भिर छानविन थालेको थियो । त्यसपछि प्रहरीले एक जनालाई शंकामा पक्राउ गरेको थियो ।
उनले पनि आफूले राखेको स्वीकार गरेको अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन् । उनका अनुसार यसरी पक्राउ पर्नेमा काभ्रेका सुवास महत हुन् । उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत विप्लवको पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष पनि हुन् ।














बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया