यी हुन् नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि बम राख्ने व्यक्ति

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनबाट अनुमोदन गरेको विराेधमा सोमबार संसद भवन अगाडि प्रेसर कुकर बीच सडकमै राखियो । सडकमा ‘नो एमसीसी’ भन्दै राखिएको कुकर राखिएपछि बम भएको आशंकामा झण्डै दुई घण्टा सडक अवरुद्ध हुन पुगेको थियो ।
त्यसपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गर्दा कुकरमा इँटाको टुक्रा र कागज भेटिएको थियो ।
उक्त बीच सडकमा कुकर कसले राखिएको विषयमा प्रहरीको अपराध महाशाखा ले गम्भिर छानविन थालेको थियो । त्यसपछि प्रहरीले एक जनालाई शंकामा पक्राउ गरेको थियो ।
उनले पनि आफूले राखेको स्वीकार गरेको अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन् । उनका अनुसार यसरी पक्राउ पर्नेमा काभ्रेका सुवास महत हुन् । उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत विप्लवको पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष पनि हुन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया