‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

काठमाडौं / लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिइ । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा फिल्म गरे । यद्यपि, फिल्म ’बक्स अफिस’ मा सफल हुन् सकेन ।
त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै फिल्मलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसद्वारा सिर्जित अवस्थाले गर्दा फिल्म छायांकनमा जान सकेको छैन ।
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले फिल्मको लागि अभिनेत्री खोजिरहेको बताए ।
‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौ,’ तिमल्सिनाले भने । उनले फिल्ममार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए ।
तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो,’ तिमल्सिनाले भने ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया