एपेन्डिसाइटिस सेवा सुरु

धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ । अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो । धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। पेट दुखेर अस्पताल आउनु भएका बिरामीको एपेन्डीसाइटिस डाइग्नोसिस भई ओपन एपेन्डेक्टोमीको शल्यक्रिया गरिएको थियो ।
एपेन्डिसाइटिसको मेडिकल सर्जन डा शङ्करराज लामिछाने, डा रामचन्द्र रिजाल, स्टाफ नर्स रुवि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सञ्जु रिजालको टिमले शल्यक्रिया गरी सफल भएको डा लामिछानेले बताए ।
शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । धादिङ अस्पतालमा एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल, जटिल प्रसूति शल्यक्रिया सेवासमेत सञ्चालन हुँदै आएको छ ।













सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया