सोमबार, वैशाख २१, २०८३

एपेन्डिसाइटिस सेवा सुरु

मेरोन्यूज २०७८ फागुन १८ गते १७:५५

धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ । अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो । धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। पेट दुखेर अस्पताल आउनु भएका बिरामीको एपेन्डीसाइटिस डाइग्नोसिस भई ओपन एपेन्डेक्टोमीको शल्यक्रिया गरिएको थियो ।

Advertisement
NiccNicc

एपेन्डिसाइटिसको मेडिकल सर्जन डा शङ्करराज लामिछाने, डा रामचन्द्र रिजाल, स्टाफ नर्स रुवि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सञ्जु रिजालको टिमले शल्यक्रिया गरी सफल भएको डा लामिछानेले बताए ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । धादिङ अस्पतालमा एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल, जटिल प्रसूति शल्यक्रिया सेवासमेत सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया