भीम रावलसँग पनि भेटे विप्लवले

काठमाडौं । संसदमा रहेका प्रमुख दलका एमसीसी विरोधी धार बोकेका नेताहरुसँगको तीव्र भेटघाटमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आफनो भेटघाटलाई जारी राखेका छन् । मोहन वैध (किरण) , मोहन विक्रम सिंह, विश्वभक्त दुलाल आहुति, चित्रवहादुर केसी लगायतका साना बाम पार्टीसँगै मिलेर एमसीसी विरोधी आन्दोलनको गठबन्धन निर्माण गरिरहेका विप्लवले आन्दोलनमा संसदमा रहेका र मुख्यगरी एमसीसी विरोधी नेताका पहिचान बनाएका नेताहरुलाई पनि सागै जोडने प्रयासमा भेटघाट गरिरहेका छन् ।
उनले आज विहान एमाले नेता भीम रावलसग रावलको टोखास्थित निवासमा पुगेर भेटवार्ता गरेका छन् । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ लिएर उनी रावललाई भेट्न गएका थिए । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको बताइएको छ ।
यस अगाडी हिजो वुधबार मात्रै विप्लवले माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठसाग श्रेष्ठको हात्तिवनस्थित निवासमा भेटवार्ता गरेका थिए । त्यसपछि उनले पार्टी नेता प्रकान्डलाई पनि साथै लिएर पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवालसँग भेटवार्ता गरेका थिए ।
आज त्यही क्रममा उनले रावलसाग पनि भेटवार्ता गरेका हुन् ।
सवै नेतालाई विप्लवले भोली काठमाडौंमा साना वाम दलले आयोजना गर्न लागेको कार्यक्रममा आइ सम्वोधन गरिदिन पनि निम्तो गरेका छन् । उनले सवैलाई राष्टियताको पक्षमा मिलेर सहकार्य गरि संर्घष गर्न प्रस्ताव गरेका छन् ।
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया