अवैध १६ लाख जापानी येनसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन १९ गते १८:१०
काठमाडौँ । अवैध रूपमा लुकाई बाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका ६ पालिचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट सिंगापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।
सम्बन्धित















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया