कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

काठमाडौँ । नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् ।
सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो ।
पहिलो चरणबाट बाहिरिएको कोइराला समूहले बमलाई समर्थन गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा कोइराला पक्षले एक सय ९७ मत ल्याएको थियो । कोइराला पक्षले सहयोग गर्ने घोषणा गरे पनि बमको मत भने पहिलो चरणभन्दा दोश्रो चरणमा घटेको छ । बमले पहिलो चरणमा एक हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ ।
कांग्रेस कैलालीमा दुई हजार ५७५ मतदाता रहेकोमा दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मतदाता सहभागी भएका थिए । सभापतिको टुंगो लागेसँगै आज राति देखि नै अन्य पदाधिकारीको मत गणना सुरु हुने कांग्रेस कैलालीका लागि निर्वाचन अधिकृत टेकनाराण सुवेदिले बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया