माओवादीको केन्द्रीय समिति बैठक बस्दै, एमसीसीबारे घनिभूत छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । राष्ट्रियसभा गृहमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का बारेमा पार्टीभित्र घनिभूत छलफल हुने भएको छ ।
गत १५ गते बसेको प्रतिनिधिसभा बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रले सहयोग गरेको भन्दै पार्टीभित्र नेता नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको विषयमा निर्णय लिएर पार्टीमा ह्विपसम्म लगाएपछि श्रेष्ठ पक्षले विरोध जनाउँदै आएको हो ।
एमसीसी पास गरेको भोलिपल्ट राखिएको पत्रकार सम्मेलनमा प्रचण्डले नेता श्रेष्ठ पक्षलाई पार्टी छाडेर जान सक्नेसम्मको चेतावनी दिएका थिए । त्यसपछि पार्टीभित्र थप विवाद उत्पन्न भएपछि श्रेष्ठलाई फकाउन प्रचण्डको उनकै निवासमा पुगेका थिए ।
यसैबीच नेता श्रेष्ठले एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै पार्टीमा देखिएको आन्तरिक मतभेदप्रति सचेत हुन आग्रह गरेका थिए । बिहीबार उनले आफ्नो समाजिक सञ्जालमार्फन सञ्चार माध्यमलाई पार्टीमा भएको मतभेद र अन्तर विरोधलाई अतिरञ्जित ढंगले प्रचार नगर्न अनुरोध गरे ।
‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ उनले भने, ‘अध्यक्ष प्रचण्ड र मेरोबीचमा छलफल जारी छ, र अन्य नेतृत्वदायी कमरेडसँग पनि छलफल भइरहेको छ ।’
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया